एक्सनमा वडाध्यक्षः सात दिनभित्र फुटपाथ पसल र अनधिकृत संरचना हटाउँन ४ र ९ को उर्दी
पाेखरा | भदौ २७, २०७९
फाइल तस्विर: सुदर्शन रञ्जित
पोखरा महानगरपालिकाअन्तरगत वडा नम्बर ४ र ९ का वडाध्यक्षले यहाँभित्र रहेका फुटपाथ पसल र अनधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेका छन् ।
केहि दिनअघि महेन्द्रपुलमा रहेको संरचनामाथि डोजर लगाएर हौसिएका वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीसँग ४ का देवकृष्ण पराजुलीले आज संयुक्तरुपमा सूचना जारी गरेका हुन् ।
वडाध्यक्षद्वय मर्सानी र पराजुलीले जारी गरेको सूचनामा उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन सात दिनको म्याद दिएका छन् । सूचनामा स्वयं निर्माणकर्तालाई संरचना हटाउन अनुरोध गरिएको छ ।
निर्धारित समयभित्र संरचना नहटाएमा कानून बमोजिम हटाइने उल्लेख छ ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

